सुमीलाई ‘मिसेस भोग नेपाल’को उपाधि, सिवाकोटी बनिन् ‘कमर्सियल एम्बासडर’
काठमाडौं। हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् । प्रतियोगितामा रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् ।
ग्राण्ड फिनालेको टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी तथा स्वेता बज्राचार्यबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । सार्वजनिक गरिएको नतिजा अनुसार सञ्जु श्रेष्ठले फर्स्ट रनर्सअप, प्रिया खड्गीले सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्यले थर्ड रनर्सअपको उपाधिमा चित्त बुझाए ।
यो प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए । विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए ।
झण्डै दुई महिना लामो प्रशिक्षणपछि सहभागिहरु ग्राण्ड फिनालेमा प्रस्तुत भएका थिए ।
आयोजक संस्था हाउस अफ फेसनकी संस्थापक ओशिमा बानु, सिइओ सञ्जिव तुलाधर, प्रवन्ध निर्देशक वासिम मलिक तथा हाउस अफ फेसन नेल्स स्टुडियो एण्ड बाइट्सका प्रवन्ध निर्देशक निग्मा जिमी शेर्पाले ‘मिसेस भोग नेपाल २०२५’ को ग्राण्ड फिनाले भव्य, सभ्य तथा निष्पक्ष रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन् ।