प्रियंका पुत्री आयंकाको म्युजिक भिडियोमा डेब्यू |भिडियो
काठमाडौं । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ । गीतमा वसन्त सापकोटाको शब्द र संगीत रहेको छ ।
यो गीत २०१८ मा रिलिज भएको गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो। उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गएकी थिइन्। यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो।
‘बालापनको उमेर २’ मा आन्भी ओली, आयंका कार्की, प्रियंका कार्की फिचर रहेका छन् । आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन् । यो उनको पहिलो म्युजिक भिडियो हो । प्रियंकाकी छोरी आयंकाको पनि यो पहिलो म्युजिक भिडियो हो । मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेती र सुनिल भण्डारीले खिचेका छन् । भिडियोमा भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन रहेको छ ।