सेन्सर बोर्डबाट ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ । गतसाता पूर्वमन्त्री अफ्ताव आलमले फिल्मको पात्र चित्रणमा आपत्ति जनाउँदै रिट दायर गरेपछि अदालतले केन्द्रीय चलचित्र जाँच समितिले फिल्म प्रमाणिकरण नगर्दासम्म प्रचार प्रसार र प्रदर्शन नगर्न भनेको थियो ।
बोर्डले बाहिर आएको र दाबी पुग्ने कुनै दृश्य नपाएको भन्दै आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका हो । बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ ।
अब सञ्चार मन्त्रालयले पाटन उच्च अदालतलाई सेन्सर बोर्डको निर्णयबारे जानकारी गराउनेछ । यो सँगै फागुन १४ मा तोकिएकै मितिमा फिल्म रिलिजका लागि बाटो खुलेको छ । फिल्ममा कलाकार सिताराम कट्टेलले निभाएको पात्रलाई लिएर पूर्वमन्त्री अफ्ताव आलमले रिट हालेका थिए ।
कुमार कट्टेलको निर्देशनमा तयार भएको ‘लाज शरणम्’मा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ ।