टिकटकमा ‘मायावी’ पाइरेसी, निर्माताले साइबर ब्यूरोमा उजुरी दिने
काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको निर्माण टिमले बताएको छ । फिल्मको अधिकांश दृश्य तथा क्लाइमेक्स नै सामाजिक सञ्जालमा आएपछि निर्माण टिम तनाबमा छ ।
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ ।
धु्र्व न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।