Logo

ज्योतिष डा. अधिकारीका एकसाथ तीन गीत सार्वजनिक, प्रमोद र स्वरूपसहित ६ कलाकारको स्वर

काठमाडौं । प्रसिद्ध ज्योतिष डा. रुद्रनाथ अधिकारीका ३ वटा म्यूजिक भिडियो एकसाथ रिलिज गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ‘अब अति भइसक्यो’, ‘जागौं’ , ‘आमा’ र ‘आउन माया आउ मेरो हात समाउ’ बोलका तीन भिडियोहरू एकसाथ रिलिज गरिएको हो ।

बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सक्रियताकाबारेमा चर्चा गरेका थिए ।

लोर्कापण कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त थापाले डा. अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे । अधिकारीले रचना गरेका गीतहरुमा गायक गायिकाहरू प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतले स्वर भरेका छन् ।

शुक्रबार सार्वजनिक भएको गीतको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, मोडल अभिनेता प्रभातपल ठकुरी लगायतले अभिनय गरेका छन् । भिडियोमा अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ ।

आफ्ना बिचार र अभिव्यक्ति राख्ने क्रममा अधिकारीले आफ्नो भारतीय सेनाको सेवाकालमा पाकिस्तान र चाइनाका बोर्डर क्षेत्रदेखि कार्गिलको युद्ध लगायत इराक,अफगानिस्तान जस्ता संसारका विभिन्न देशका युद्धग्रस्त क्षेत्रमा कार्य गर्दा पनि आफू सुरक्षीत र कुशल रहेको,तर आफ्नै मातृभूमिको काख र आफ्नै घरमा असुरक्षित भएको र पटकपटक देशभित्रैका केही तत्व र आतंककारीहरु बाट आफू सहित परिवारै प्रताडित हुनुपरेको पीडाहरु समेत व्यक्त गरेका थिए ।

Comments