Logo

ट्रेलरमा हेर्नुहोस् क्राइम थ्रीलर ‘११:५५’ |भिडियो

काठमाडौं । केशव पाण्डेको डेब्यू निर्देशकिय सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सिनेमाको ३ मिनेट २८ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

क्राइम थ्रीलर जनरामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई कथा मार्फत देखाएको बुझ्न सकिन्छ । सिनेमाका ५ मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमन रक्तिम अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको ट्रेलरमा शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपुर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ ।

यो सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

निर्देशक पाण्डे आफुलाई फरक काम गर्न मन लाग्ने भएकाले पनि आफुले पहिलो सिनेमा नै क्राइम थ्रिलर जनरा छानेको बताए । मेरो सोच अनुरुप नै कलाकार छानोट गरिएको र ती कलाकारबाट उत्कृष्ट काम निकालेको उनको भनाई छ । पोष्ट प्रोडक्सनमा केही समय लागेकाले पनि सिनेमा रिलिजमा केही समय लागेको उनले जानकारी दिए ।

अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

Comments