Logo

ट्रेलरमा हेर्नुहोस् कर्णालीको कथा बोल्ने ‘द्रौपदी’ |भिडियो

काठमाडौं । ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘द्रौपदी’को ट्रेलर सार्वजनिक भएको छ । चैतको ८ गतेबाट रिलिजमा आउने फिल्मले कर्णालीको सुन्दरता, जनजीवन, रोजगारीको अभावमा मुग्लान जानुको पीडा र एक महिलाको कथा भन्छ ।

नारी संवेदनाको कथामा निर्माण भएको यो फिल्ममा निर्देशक आचार्यसँगै आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कविराज भाम, जेल्सन अधिकारी, विष्णु ठहराई, प्रकाश ज्ञवाली, सीता पौडेल, सुरज अधिकारी लगायतका कलाकारहरूको अभिनय छ ।

फिल्ममा अनिल महर्जनको सम्पादन, सौरभ शर्माको पाश्र्व संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आर बी मुभिजको व्यानरमा बनेको फिल्ममा ऋतु आचार्य र विष्णु ठहराई सह–निर्माता छन् । ऋषिराज आचार्य र प्रकाश ज्ञवाली फिल्मका निर्माता हुन् ।

Comments