हिन्दी गीतमा हरिसँग सृष्टिको रोमान्स |भिडियो
काठमाडौं । लामो समयदेखि जापानमा बस्दै आएका नेपाली मोडल हरि पाण्डे यति बेला एउटा नयाँ हिन्दी गीतको भिडियो मार्फत दर्शकमाझ आएका छन् । मोडल सृष्टि खड्कासँग पाण्डेले अनस्कृन रोमान्स गरेको हिन्दी गीत ‘सनम वे…’ युट्यूव रिलिज गरिएको हो ।
बाराको सिमरा विमानस्थल लगायतका ठाउँमा छायांकन गरिएको गीतको भिडियोमा हरि र सृष्टिको गज्जबको केमेस्ट्रि देख्न सकिन्छ। गीतमा भारतीय गायीका मेहर अन्जुम र गायक प्रजेशको स्वरमा समावेश छ । मुम्बईमा रेकर्ड गरिएको यो गीतको शब्द सोनु मिश्राले लेखेको हुन् भने गीतमा राजवीरले संगीत भरेका छन् ।
गीतको भिडियोलाई सञ्जय पाण्डेले निर्देशन गरेका छन् । भिडियोमा कृष्ण रसालको कोरियोग्राफी छ । दीर्घ गुरुङको छायांकन रहेको भिडियोमा सम्पादन एवम् रंग संयोजनको काम राजेन्द्र पाण्डे गरेका छन् ।