Logo

‘लाज शरणम्’ हेरपछि बालेनले गरे धुर्मुसको तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चलचित्र ‘लाज शरणम्’ हेरेर प्रमुख अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’को तारिफ गरेका छन् । दोस्रो हप्तामा प्रदर्शनरत चलचित्र हेर्न हल पुगेका बालेनले धुर्मुसको अभिनयकला र गेटअपको प्रशंसा गरे ।

बालेनले धुर्मुसको प्रशंसा गर्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।’ निर्माता तथा कलाकार अर्जुन घिमिरेका हितैशी रहेका बालेन चलचित्र हेर्न भने दोस्रो हप्ता चलिरहँदा मात्र हलमा पुगे । ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ बोलको र्याप गीतमा बालेनले स्वर दिएका छन् ।

कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ धुर्मुस मुख्य भूमिकामा छन् । चलचित्रमा महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । फिल्मको हालसम्मको आधिकारिक बिजनेस रिपोर्ट सार्वजनिक गरिएको छैन ।

Comments