‘कर्मा’बाट उपासनाको लूक्स आउट !
काठमाडौं । चलचित्र ‘कर्मा’ निर्माण टिमले अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लूक्स सार्वजनिक गरेको छ । सार्वजनिक लूक्समा उनी सामान्य कुर्था सुरुवालमा देखिएकी छन् । उनि गाउँले परिवेशको भुमिका निभाएको युवतीजस्तो देखिएकी छन् ।
यद्यपि, उनको भुमिकाबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा अभिनेता विपीन कार्कीको पहिलो एक्सन चलचित्र हो । ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।
एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेलो ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।