Logo

‘आउटलः दफा २१९’ बुकिङ खुल्यो, देशभरका हलमा सुखद शोज


काठमाडौं । बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ ।

यसैबीच, यो फिल्मको देशभरका हलमा बुकिङ समेत खुलाइएको छ । यो फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा छुट्टाछुट्टै फिल्मको उच्च चाप रहँदा प्राप्त शोजलाई निर्माण टिमले सुखद भनेको छ ।

यो फिल्ममा अभिनेता सुशिल श्रेष्ठको साथमा शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मलाई क्यूएफएक्स, बीग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । भोलि फागूपूर्णिमा भएकाले गर्दा बिहानी शोज उपलब्ध छैन । मध्यान्नबाट भने दर्शकले देशभरका हलमा फिल्म हेर्न पाउनेछन् ।

एक्सन जनरामा निर्माण भएको यो फिल्मले एउटा मुद्दालाई समेत उठान गरेको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई अमित अग्रहरिले निर्माण गरेका हुन् । फिल्ममा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।

फिल्मको ट्रेलरले दर्शकको ध्यान खिचेका कारण पनि यसले सुखद ओपनिङ गर्ने विश्वास निर्माण कम्पनिले गरेको छ ।

Comments