एकसाथ पर्दामा एक्सन भर्सेज बायोपिक
काठमाडौं । होलीको अवसर पारेर बिहीबारबाट दुई नेपाली फिल्म ‘आउट ल’ र ‘अञ्जिला’ प्रदर्शनमा आएका छन् । दुई फरक जनराका फिल्म प्रदर्शनमा आउँदा दर्शकलाई फिल्म रोज्ने अबसर छ ।
‘आउट ल’ टिजर रिलिजबाटै प्रतिक्षित बनेको फिल्म हो । यो फिल्म एक्सनप्रधान छ । अभिनेता सुशील श्रेष्ठको प्रमुख हभिनय रहेको फिल्मले सामाजिक सञ्जालमा रमा्रो ह’बज’ क्रियट गर्न सफल छ । त्यसको उपलब्धि हलमा देखाउनुपर्ने निर्माण टिममा चुनौती छ ।
विक्की महर्जनले लेखन तथा निर्देशन गरेको यो फिल्ममा अमित अग्रहरिको लगानी छ । फिल्ममा सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौड्याल, विशाल पहारी आदिको अभिनय छ । फिल्ममा नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन तथा चुल्ठे काजीको द्वन्द्व छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो । यो फिल्ममा एञ्जिलासँगै फिल्ममा दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ ।