होलीको अबसरमा ‘कर्मा’ले सार्वजनिक गर्यो मुकुनको लूक्स
काठमाडौं । चलचित्र ‘कर्मा’बाट अभिनेता मुकुन भुसालको क्यारेक्टर लूक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लूक्स सार्वजनिक गरेको हो ।
कोट र टाइमा सजिएका उनी एङ्ग्री लुक्समा छन् । उनको हेराइले बदलाको संकेत गर्छ । निर्माण टिमले मुकुनको तश्विरमा होलीको रङ पोतेको छ ।
‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका छन् । फिल्म चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । मुकुनसँगै विपिन कार्की, उपासना सिंह ठकुरी, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।