Logo

‘नरसिंहाः अवतार’ जापान प्रदर्शन अधिकार बिक्री


काठमाडौं । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’को फर्स्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग बढेको छ । विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने निर्देशक भट्टराइको भनाई छ ।

यसैबीच यो फिल्मको जापान अधिकार बिक्री भएको छ । फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । जापानका दर्शकले यो फिल्मको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाँइको भनाई छ । निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरेको हो, त्यो खुलाएको छैन ।

अभिनेता राजेश हमालको कमब्याक फिल्म भएकाले पनि यसको चर्चा बढेको छ । साथै फिल्मको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको थियो ।

राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी फिल्ममा छ । यो फिल्मको जेठ ९ गतेबाट रिलिजमा आउँदैछ ।

Comments