Logo

‘कार्की साइँला’ शुभ साइत, जितुसँग जोडी बाँध्दै वर्षा

काठमाडौं। जितु नेपाल र वर्षा शिवाकोटीको प्रमुख अभिनय रहने सिनेमा ‘कार्की साइँला’को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वर महादेवस्थानमा स्कृप्ट पूजा गर्दै सिनेमाको शुभसाइत गरिएको हो ।

कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकद्वीप पराजुलीले ‘एक्सन कट’ गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल , क्यामेराको स्वीच अन डम्बर बहादुर राई थिए साथै निर्माता/कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरे।

कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई निर्माता रहेको सिनेमामा द्वन्द्व राजु किराँती, संगीत बाबुल गिरी, नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम र पटकथा संवाद अजित लामिछानेको रहेको छ ।

सिनेमामा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ । सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले बताएका छन् । सिनेमाको पात्र एक भरिया हुन् । आगामी बैशाख २० गतेबाट धनकुटा जिल्लाको विभिन्न स्थानमा छायांकन गरिने यो सिनेमाका लागि अन्य केहि कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएको छ ।

Comments