Logo

स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ अग्रिम बुकिङ खुल्ला

यहि शुक्रबार (असार ३ गते) बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चिसो मान्छे’को अग्रिम बुकिङ खुल्ला भएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मको अग्रिम अनलाईन बुकिङ मंगलबार खुल्ला गरेको हो ।

क्युएफएक्सले पहिलो चरणमा फिल्मलाई राजधानीका हलहरुमा ८ शोज हालेको छ । अन्य फिल्मको शो बाँडफाँड मिलिसक्दा बुधबार साँझसम्म फिल्मले पाउने पुर्ण शो को टुंगो लाग्ने क्युएफएक्सले बताएको छ । अन्य मल्टिप्लेक्स हलहरु पनि फिल्मको अग्रिम बुकिङ खुलाउने तयारीमा छन् ।

पोस्टर सार्वजनिक हुँदाबाट चर्चामा आएको फिल्मको सार्वजनिक टिजर र ट्रेलरले दर्शकलाई प्रतिक्षित बनाइसकेको छ । फिल्ममा समावेश अभिनेत्री स्वस्तिमा खड्काको हुलियाले धेरैको ध्यान तानिसकेको छ ।

दिपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा स्वस्तिमासँगै अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ भने आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइलीलगायत कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

फिल्ममा निर्देशक खनालकै लेखन तथा छायांकन रहेको फिल्मा दीर्घ खड्काको सम्पादन छ । यो फिल्मलाई करण श्रेष्ठको रीच इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ ।

Loading...
Comments