Logo

टर्‍यो पूजा र प्रदीप क्लास, ‘सम्हालिन्छ कहिले मन’ नयाँ रिलिज घोषणा

पूजा शर्मा स्टारर फिल्म ‘सम्हालिन्छ कहिले मन’ निर्माण टिमले प्रदर्शनको नयाँ मिति तय गरेको छ । यो फिल्म आगामी भदौ १७ मा रिलिज हुने भएको हो । कोभिड महामारीको कारण यसअघि यो फिल्मको रिलिज रोकिएको थियो ।

सुदर्शन थापा निर्देशित लभस्टोरी ड्रामा भदौ १० मा प्रदर्शनको चर्चा थियो । उक्त मितिमा प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ रिलिजलाई तयार छ । ‘प्रेमगीत’ बाट उदाएका प्रदीप र पूजाको क्लासको चर्चाकाबीच यी दुई फिल्म अब एक हप्ताको फरकमा प्रदर्शन हुने भएका हुन् ।

एबी इन्टरनेसनलले निर्माण गरेको फिल्ममा पूजा र आकाश श्रेष्ठसँगै गायक समेत रहेका सोनम तोप्देन मुख्य भुमिकामा छन् । सौरभ लामाको छायांकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन छ । फिल्मको अधिकांश छायांकन लण्डनमा गरिएको छ ।

Loading...
Comments