Logo

ब्रेकअपपछि प्रेम साट्दै पूजा र आकाश !

पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को डान्सिङ नम्बर सार्वजनिक भएको छ । सार्वजनिक ‘हाँस्ने खेल्ने बेलैमा’बोलको गीतमा पूजा र आकाशले ठूम्का लगाएका छन् । एक समय रियल कपलको रूपमा चर्चित यो जोडी अहिले फरक बाटोमा छन् ।

गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् । यो फिलं आगामी असार ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

निमेश प्रधानको निर्देशन रहेको फिल्मको कथा पनि निमेशकै हो । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्म दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन र शिव ढकालको छायांकन छ । आर आर फिल्मस् ले यो फिल्मको वितरण अधिकार लिएको छ ।

Loading...
Comments