मुकुन र सुरक्षा स्टारर ‘चमेलीको पोइ’ रिलिज घोषणा

काठमाडौं । नेपाली फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित यो फिल्म दशैंको उपलक्ष्यमा असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने भएको हो । पोस्टर रिलिज गर्दै निर्माण टिमले रिलिज मिति घोषणा गर्यो ।
पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त,मुकुन भुसाल,नारायण त्रिपाठी,विल्सन विक्रम राई,रविन्द्र झा,अंशु महर्जन,खड्कबहादुर पुन (खबपु),उमेश राई, रजनी गुरुङ,सुनीता सापकोटा,गणेश गौतम,प्रेमदेव गिरी,धनलक्ष्मी बोहरा,श्रेया नारायण,अनुष्का नारायण,मिना आरएल शाही,रितु मल्ल ठकुरी,अनाररत्न बज्राचार्य,विन्दु आचार्यलगायतको अभिनय छ ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको ‘चमेलीको पोइ’ को कार्यकारी निर्मातामा उदय बिक्रम राणा,रितु मल्ल ठकुरी र कपील आचार्य छन् । निर्देशक बोहराकै कथा रहेको फिल्म लेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् । धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको फिल्मको सहनिर्मातामा सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,प्रदिपकुमार सापकोटा र यमप्रसाद वली छन् ।
झण्डै दुई दशकपछि चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी यही फिल्मबाट ठूलो पर्दामा कमब्याक गर्न लागेका उनले ‘चमेलीको पोइ’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
मुस्ताङ,पोखरा र काठमाडौंका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको मुख्य सहायक निर्देशक सुदिप कुँवर हुन् भने सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लभ ढुंगाना छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।







