Logo

झण्डै डेढ करोडमा नेपाल भित्रियो सलमानको ‘अन्तिम’

वलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘अन्तिम’को नेपाल प्रदर्शन अधिकार महंगोमा खरिद गरिएको छ । आगामी नोभेम्बर २६ बाट दर्शकमाझ आउँदै गरेको फिल्मको नेपाल प्रदर्शन अधिकार ‘ए इट फिल्मस्’ले खरिद गरेको हो ।

उक्त कम्पनिले ‘अन्तिम’लाई नेपालको लागि झण्डै डेढ करोड (१ करोड ३५ लाख) मा खरिद गरेको दाबी गरिएको छ । यो फिल्म नेपालमा १ सय २५ स्कृनमा प्रदर्शन हुने उक्त कम्पनिले बताएको छ ।

सलमान खानको निर्माणमा बनेको उक्त फिल्ममा सलमानसँगै आयुष शर्मा, महिमा मक्वाना, निखितिन धेर, महेश मञ्जेकर, स्याजी सिन्दे लगायत लिड अभिनयमा छन् । फिल्मलाई महेश मञ्जेकारले नै निर्देशन गरेका हुन् ।

Loading...
Comments