Logo

गायत्रीले निर्देशनमा असारमै आयो तीज गीत, खुमनसँग अञ्जलीको ठूम्का |भिडियो

तीज आउन करिब दुई महिना बाँकी छ । तर बजारमा तीज लक्षित गीतसंगीत भने आउन थालिसकेका छन् । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारको स्वर रहेको तीज गीत ‘थरी थरी भोले’ सार्वजनिक भएको छ। जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन समावेश छ ।

लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ । गीतको भिडियोलाई गायत्री थापाले निर्देशन गरेकी छिन् ।

भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन् । जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।

Loading...
Comments