Logo

‘माईती आयौ’ तीज गीतमा प्रमिला, कविता र अनिशाको छमछमी |भिडियो

नारीहरूको महान पर्व मानिने हरितालिका पर्व नजिकिँदो छ । यो बीचमा कलाकर्मीहरूले तीज लक्षित गीत सार्वजनिक गर्दै आफ्नो उपस्थिति जनाइरहेका छन् । पछिल्लो पटक चर्चीत गायिका त्रय मेलिना राई, रचना रिमाल र एलिना चौहानले एकसाथ तीज विशेष सांगीतिक कोशेली दर्शकमाझ ल्याएका छन् ।

तीन गायिकाको स्वर रहेको तीज गीत ‘माईती आयौ’ बुधबार इन्टरनेट रिलिज गरिएको छ । सार्वजनिक डान्सिङ नम्बरमा शब्द दिनेश थपलियाको छ भने संगीत राजनराज शिवाकोटीले भरेका छन् । एरेञ्जको काम कृष्ण भान्जाले गरेका छन् ।

गीतको भिडियोमा मोडल त्रय प्रमिला क्षेत्री, कविता न्यौपाने र अनिशा वलीले नृत्य गरेका छन् । गीतमा प्रमिला, कविता र अनिशाको केमेष्ट्रि राम्रो जमेको छ । विक्रम स्वाँरको निर्देशनमा बनेको भिडियोमा छायांकन नवराज उप्रेती र राजेश घिमिरेको छ ।

भुपेन्द्र अधिकारी सम्पादनमा तयार भएको भिडियोमा कोरियोग्राफी जसवीर कौर स्वाँरको छ ।

Loading...
Comments