Logo

सुनकोशी मेलामा सुनिल र बिनाको छमछमी !

काठमाडौ । गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौको दरबारमार्ग स्थीत क्युज हलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा स्व. पुर्ण गुरुङको शब्द तथा संगीत रहेको छ ।

दिलिप समनद्धरा निर्देशित म्युजिक भिडियोमा सुनिल न्यौपाने र बिना राउत फिचर्ड छन् । निर्देशक दिलिपले सुनिल र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । गीतको भाव अनुसार म्युजिक भिडियोले एक मेलाको झझल्को दिन्छ ।

भिडियोलाई दिलिपले निर्देशन गरेका छन् । रोशनले कोरियोग्राफी गरेको भिडियोमा हरि हुमागाईको सिनेमाटोग्राफी रहेको छ,नहकुल खड्काको सम्पादन छ ।

Loading...
Comments