Logo

‘जदौ’मा मुकुनसँग जोडी बाँध्दै ऋचा !

काठमाडौं । फिल्म ‘जदौ’मा अभिनेत्री ऋचा शर्मा अनुबन्ध छिन् । बुधबार निर्माण टिमले शर्मासँग सम्झौता भएको जानकारी गराएको हो ।

निर्माण टिमले एक प्रमुख अनि महत्वपूर्ण भुमिकामा शर्मालाई लिएको जनाएको छ । यो फिल्ममा यसअघि अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्धीत भइसकेका छन । अन्य केही प्रमुख कलाकार अझै बाँकि रहेको बताइएको छ ।

काजी लिम्बूको लेखन रहेको फिल्म ‘जदौ’ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।

बाबुल गिरीको संगीत रहने फिल्म दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा खिचिने छ । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिकबारे क्रमश जानकारी गराइने बताएकी छिन् ।

Comments