कार शोरुमको उद्घाटनमा हमाल

काठमाडौं । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने लक्ष्यसहित ‘सि–कार’ सञ्चालनमा आएको छ। एक कार्यक्रमबीच अभिनेता राजेश हमालले यसको औपचारिक उद्घाटन गरेका हुन्।
सि–कारले नयाँ र पुराना (सेकेन्ड ह्यान्ड) सवारी साधनको शोरुम, सवारी पार्ट्स तथा एस्सेसरिज पसल, द्रुत गतिका चार्जिङ स्टेशन, क्याफे तथा रेस्टुरेन्ट लगायतका सुविधा एउटै परिसरभित्र प्रदान गरेको छ। संस्थापक रोशन घिमिरेका अनुसार सि–कारले सवारी क्षेत्रका अधिकांश आवश्यकता पूरा गर्ने उद्देश्य बोकेको छ।
शुभारम्भ अवसरमा हमालले एउटै स्थानमा यति धेरै सेवा उपलब्ध हुनु उपभोक्ताका लागि समय र खर्च दुवैको बचत हुने उल्लेख गर्दै सि–कार जस्तो मोडलले अटो क्षेत्रमै नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।







