‘बेला बितेसी’ प्रकाश र स्वस्तिमाको ठुम्का |भिडियो

काठमाडौं । बर्षको प्रतिक्षित चलचित्र मानिएको ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ। प्रकाश सपुत र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको हो।
गीतमा प्रकाश सपुतको शब्द संगीत र श्याम स्वेत रसाईलीको मिक्सिङ्ग/ मास्टरिङ्ग रहेको छ। गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभाष गीत मार्फत गराएका छन्।
मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड रहेका छन्। रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको प्रेम देख्न सकिन्छ। गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुम्। कृष्णबहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्।







