सुरक्षा र आर्यन स्टारर ‘कोशेढुंगा’ ट्रेलर रिलिज |भिडियो

काठमाडौं । यहि भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनिले रिलिजको झण्डै एक हप्ता पहिले फिल्मको ट्रेलरलाई दर्शक समक्ष ल्याएको हो ।
सर्वकालिन ब्लकवस्टर फिल्म ‘पुर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशन रहेको कारण यो फिल्मलाई प्रतिक्षीत मानिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथावस्तुलाई प्रष्ट्याउँदै पात्रहरूको पारिवारिक सम्बन्ध, त्यसभित्रको द्वन्द्व, रोदन लगायतका पक्षहरूलाई समेटिएको छ ।
ट्रेलरमा शीर्ष कलाकारहरू सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार, सरोज खनाल लगायत फिचर्ड छन् ।
निर्देशक पौडेलकै कथा लेखन रहेको फिल्मलाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् । सुनिल न्युरे, सुवलमणी सापकोटा र असृत बुढाथोकीले पटकथा लेखनमा सहकार्य गरेका छन् ।
पदमबहादुर श्रेष्ठको छायांकन रहेको यो फिल्ममा नहकुल खड्काको सम्पादन छ ।
ट्रेलर:







