Logo

मेरो भ्वाइड युनिभर्स र मेरो डान्स युनिभर्समा मत दिन दीपराज र अमृताको अपिल

काठमाडौं । इन्ट्रा फाउण्डेसनको आयोजनामा चलिरहेको मेरो भ्वाइड युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो सिजनको फाइनल यहि शनिबार हुँदैछ । प्रतियोगिता अन्तिम घडीमा आइपुग्दा अन्तिम स्पर्धामा छनोट भएका प्रतिस्पर्धिहरू यतिबेला आफ्नो पक्षमा मत ल्याउनमा व्यस्त छन् ।

विजेताले १ करोड रुपैयाँ पाउने भएकोले पनि यो प्रतियोगिता यतिबेला प्रतिस्पर्धि र दर्शक सबैको केन्द्रमा छ । नेपाल र नेपालबाहिर रहेका सम्पुर्ण नेपाली भाषीले प्रतिस्पर्धा गर्न पाउने यो प्रतियोगितामा यो पटक दुबै फर्म्याटमा सिक्किम निवासी प्रतिस्पर्धी फाइनलमा पुगेका छन् । मेरो भ्वाइड युनिभर्सका फाइनलिस्ट दीपराज राई र र मेरो डान्स युनिभर्सकी फाइनलिस्ट अमृता राईले एकैसाथ मत अपिल गर्दै आफुहरूलाई जिताउन आग्रह गरेका छन् ।

बिहिबार साँझ काठमाडौंमा आयोजित मिडिया साक्षात्कार कार्यक्रममा उनिहरूले दर्शक र शुभचिन्तकहरूको मायाले फाइनल स्थानसम्म पुगेको भन्दै आफुहरूलाई जिताउन सार्वजनिक आह्वान गरे । डान्स टिचर हुँदै यो प्रतियोगितामा छानिएकी अमृताले नेपाल र सिक्किमबाट धेरै माया पाएको भन्दै आफुले नै टाइटल जित्ने विश्वास पोखिन् ।

भ्वाइस युनिभर्सका फाइनलिस्ट दीपराजले पहिलो संस्करणमा पनि सहभागी भएको स्मरण गर्दै अघिल्लो पटकका कमजोरीलाई छोपेर यो पटक उपाधि सिक्किम नै लैजानेगरि आफुहरू जुटिरहेको बताए । दर्शकको प्रेमले नै फाइनलसम्मको यात्रा तय भएको भन्दै यो स्थानमा पुग्नु एकप्रकारको जीत भइसकेको बताए ।

नेपाल, नेपाली माटो र नेपाली कला संस्कृति विश्वकै उत्कृष्ट भन्दै दीप र अमृताले भने, ‘जन्मिन सिक्किममा जन्मियौं तर मन त नेपाली नै हो, नेपाल र सिक्किम मात्र होइन संसारभर छरिएर रहनुभएका सम्पुर्ण नेपालीहरूमा मत दिनुहुन अनुरोध गर्दछौं ।’

दीपराज र अमृतालाई दुबै स्पर्धामा विजेता बनाउन सिक्किम सरकार अन्तर्गतको चलचित्र विकास बोर्ड र सिक्किमबाट प्रतिनिधित्व गर्नै सबैजसो कलाकर्मीहरू यतिबेला काठमाडौं केन्द्रीत अभियानमा जुटेका छन् । मेरो भ्वाइड युनिभर्स र मेरो डान्स युनिभर्समा फाइनलिस्टलाई मत दिनको लागि मोबाइल एसएमएस र इन्ट्रा फाउण्डेसनको एप्लिकेसन माइ इन्ट्रा एप्स डाउण्लोड गरि एउटा निःशु्ल्क मत र थप मतको लागि पेइड अप्सनमा जान सकिनेछ ।

Comments