‘हरिबहादुरको जुत्ता’ डान्सिङ नम्बर: ढाका टोपीमा स्वस्तिमासँग हरिवंश र सपूतको ठूम्का |भिडियो

काठमाडौं । दशैंको अबसरमा फुलपातीलाई प्रदर्शन तय गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण युनिटले फिल्ममा समावेश डान्सिङ नम्बर रिलिज गर्यो ।
सार्वजनिक गीतमा कलाकारहरू हरिवंश आचार्य, प्रकाश सपूत र स्वस्तिमा खड्काले नृत्य गरेका छन् । आशिष अविरल र मेलिना राईको स्वर रहेको ‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको संगीत छ।
किरण थापाको कोरियोग्राफीमा तयार भएको भिडियोमा कृष्णबहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन छ ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन् ।







