Logo

स्मितासँग यशकुमारको हल्का प्रेम !

काठमाडौं। गायक यशकुमारको नयाँ गीत ‘हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल सिनेमाको रुपमा तयार पारिएको यो गीतको भिडियो रिलिज गरिएको हो । यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ सिनेमा निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

निर्देशक घिमिरेले आफु गायक यशकुमारको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए । ‘म पनि धेरै समयपछि नेपाली सिनेमाको निर्देशनमा कमव्याक गर्दैछु, त्यसका लागि पनि मैले आजको कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएँ’, घिमिरेले अनुभव सुनाए ।

गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतको एरेञ्ज र मिक्सिङ्ग देवेस राईले गरेका हुन् । यो गीतको भिडियामा गायक गायिका यशकुमार र स्मिता प्रधानले नै मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुसँगै राजेश घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ । यसको निर्देशन यशकुमारले नै गरेका हुन् ।

चर्चित डिओपी हरि हुँमागाईले खिचेको गीतको भिडियोमा विकास धमालाको सम्पादन तथा कलर, मेकअप तुलसा लिम्बुको रहेको छ । गीतको भिडियो यशकुमारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

Comments