Logo

पाटनबाट चलचित्र ‘कुमारी’को छायांकन सुूरू


काठमाडौं । चलचित्र ‘कुमारी’ को छायांकन सुरू भएको छ। मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा चलचित्रको औपचारिक शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो ।

दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। यस चलचित्रमा अभिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। यी दुई बाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

विनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्।

चलचित्रको अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। चलचित्रमा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ।

Comments