फुलपातीमा माइतीघर: हेर्नुहोस् यस्तो छ ट्रेलर |भिडियो

काठमाडौं । दशैंको अबसरमा असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको कुरा जोडिएको छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् ।
रामशरण पाठकको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मले तामाङ संस्कृतिको कथालाई बलियो रुपमा उठाएको निर्माण टिम बताउँछ ।
हेर्नुहोस् ट्रेलर:







