Logo

सुशील श्रेष्ठ स्टारर ‘परिवर्तन’ पोस्टर रिलिजः प्रदर्शन मिति घोषणा

काठमाडौं । दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३)बाट प्रदर्शन मिति समेत तोकेको छ। पोस्टर अनुसार अभिनेता सुशील श्रेष्ठ आक्रोश भावमा देखिन्छन् ।

निर्देशक विजय केरुङले निर्देशन गरेको यो फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ। फिल्ममा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल,करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारहरूको मुख्य भूमिका छ।

फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन्। फिल्मको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ। यस फिल्मको सह सम्पादन उमेश थापाले गरेका छन्। साथै एसोसिएट निर्देशकमा नवराज शर्मा रहेका छन्। कलरिस्ट राजेन्द्र मोक्तान रहेका छन।

निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ। डिओपी शिव ढकालको छ भने फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन्। यसको प्रोडक्सनको काम अरुण रेग्मीले समालेका छन्। फिल्मको डिजिटल साझेदार ‘ओएसआर’ र वितरण आर.आर. फिल्म्सले गर्ने भएका छन्।

Comments