Logo

‘जेरी अन टप’को ‘कस्तूरी’ पुनः अपलोड |भिडियो

काठमाडौं । सोमबार युटयूवमा सार्वजनिक गरेर प्राविधिक कारणबस् हटाइएको फिल्म ‘जेरी अन टप’को गीत पुनः अपलोड गरिएको छ । अडियोमा समस्या देखाउँदै निर्माण टिमले गीतलाई प्राभेट गरेको थियो ।

बुधबार बिहान डिजिटल कम्पनि बुढासुब्बा डिजिटलको युट्यूव च्यानलमा गीत पुनः अपलोड गरिएको छ । यसअघि सार्वजनिक गीतको तुलनामा गीतको अडियोमा सुधार सुनिन्छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् ।

आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख अभिनयमा छन् । अभिनेत्री सुरक्षा पन्तले यो फिल्ममा एक विशेष भुमिका निभाएकी छन् ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो । क्रियटिभ निर्माता मोती कार्की छन् ।

अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।

यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् । फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।

Comments