Logo

‘द ब्ल्यू लाइट’ पोस्टर रिलिज, अफिसियल प्रदर्शन घोषणा

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ ।

खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् ।

सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । पाँचै जना पात्र निराश देखिएका छन् । फरक यति हो, महेशको हातमा बञ्चरो छ । अरुको हात रित्तो छ ।

पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोस्टर मौन छ । त्यसैले तनावमा मौनता साँधिरहेका सिनेमाका पाँच मुख्य पात्र भनेर भन्न सकिन्छ ।

Comments