Logo

कास्टिङ र बजेटले मात्रै चलचित्रलाई ठूलोसानो मापन गर्दैनः विनोद पौडेल

काठमाडौं । प्रदर्शन मितिमा विभिन्न फेरबदलपछि चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ यहि मंसिर १८ बाट दर्शकमाझ आउँदैछ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिम कथावस्तुबारे दर्सकलाई बुझाउन तल्लिन देखिन्छ ।

निर्माता विनोद पौडेल आफ्नो चलचित्रलाई सानो चलचित्र नभन्न आग्रह गरिरहेका छन् । चलचित्र सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने उनले बताए ।

कास्टिङ र बजेटले मात्रै चलचित्रलाई ठूलो भन्न नसकिने उनको तर्क छ । स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा त्यो सानो चलचित्र हो भन्ने हुँदैन उनको तर्क छ । उनि थप्छन्, ‘अनि अर्का कुरा, स्टाकास्टमा सबै सिनेमा चल्छन् र स्टारकास्ट नहुँदैमा चल्दैन भन्ने चाहिँ हुँदैन ।’

विनोद पौडेले आफ्नो चलचित्रलाई ‘अन्डर डग’हरूको चलचित्र भनेका छन् । यो चलचित्र विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको थियो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो । ‘अभिमन्यु : च्याप्टर-१’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन गरेको यो चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् ।

Comments