पारिवारिक कथामा तयार भएको टेलिसिरियल ‘हिरा’ सार्वजनिक |भिडियो

काठमाडौं । सामाजिक तथा पारिवारिक कथामा तयार भएको टेलिसिरियल ‘हिरा’ सार्वजनिक प्रदर्शनमा आएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले आफ्नो आधिकारिक युट्यूव च्यानल ‘सिएम डिजिटल’ मार्फत सिरियलको पहिलो भाग प्रसारणमा ल्याएको हो ।

पात्र परिचय र कथाको उठानलाई प्राथमिकता दिइएको पहिलो अंकलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । सामाजिक पृष्ठभुमीमा आधारित रहेर निर्माण हुँदै आएका नेपाली टेलिसिरियलले दर्शकबाट राम्रो साथ पाउँदा ‘हिरा’लाई पनि राम्रो प्रेम मिल्ने विश्वास निर्माण टिमको छ ।

पतिवियोगमा परेकी एकल नारीको कथालाई मुख्य विषयवस्तु बनाएको टेलिसिरियलमा सबैजसो कलाकारहरूले जीवन्त अभिनय पस्केका छन् । निर्माण कम्पनिले यो सिरियललाई ‘कथा घरघरको’ स्लोगन दिएको छ ।
विशाल बरालको निर्देशनमा तयार सिरियल ‘हिरा’को कथा विराज विष्टको हो । यो टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् । विशाल पहारी, प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुन: मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी सिरियलमा अभिनयमा छन्।
सिरियलमा मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याकग्राउण्ड म्युजिक छ । सिरियलको सम्पूर्ण छायांकन काभ्रेको बनेपा ३ नाला चुनाताल आसपास गरिएको छ ।
स्व. मोती विष्टको प्रस्तुतिमा तयार ‘हिरा’लाई राजबहादुर सानेले लेखेका हुन् । छायांकनमा रक् कौसल रहँदा शीर्ष गीतमा जय देवकोटाको संगीतमा स्वर गायिका समिक्षा अधिकारीले दिएकी छिन् ।







