Logo

नर्सहरूको सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौँं। नर्सहरुको लिडरसिपको विकास गर्दै उनीहरुको व्यक्तित्व निखार्ने उदेश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो । केही अगाडिदेखि आवेदन खुल्ला भएको प्रतियोगीताको छनौट चरणको अडिसन डिसेम्बर २० गतेबाट हुनेछ ।

एनक्लेकेस् नेपाल मुख्य प्रयोजक रहेका प्रतियोगीतामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् प्रतियोगीताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ । अडिसनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिए आयोजकले जनाएको छ ।

प्रतियोगिताका शीर्ष विजेताले नगद एक लाख, थाइल्याण्डमा २९२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नुका साथै ५ लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।

Comments