Logo

अष्ट्रेलिया र न्युजिल्याण्डमा ५ सय बढि शोजमा लाग्दै ‘अभिमन्यु : च्याप्टर–१’ !

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले अष्ट्रेलिया र न्युजिल्याण्डमा ऐतिहासिक शो पाएको निर्माण टिमले दाबी गरेको छ । डिसेम्बर ११ बाट रिलिज हुन लागेको यो चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ ।

“अभिमन्यु : च्याप्टर–१ ले अष्ट्रेलिया र न्युजिल्याण्डमा पहिलो साता मात्रै पाँच सयभन्दा धेरै शो पाएको छ,” अभिमन्युका सह–निर्माता रमेश चौलागाईंले भने, “दर्शकको चाप उच्च भएका शो अझे थपिनेछ ।”

‘अभिमन्यु : च्याप्टर–१’ले उक्त डायस्पोरामा यही बिहीबारबाट प्रदर्शनमा आउँदै छ । “नेपालमा यो चलचित्रले राम्रो रिभ्यू पाएको छ । जनरा सिनेमामा उत्कृष्ट चलचित्र बनेको समीक्षकहरूबाट समीक्षा आएको छ,” सह-निमार्ता चौलागाईंले भने, “यहाँको समीक्षाको प्रभाव डायस्पोरा मार्केटमा देखिने हाम्रो विश्वास छ ।”

फरेन मार्केटमा नेपाली चलचित्रले यति धेरै शो पाउनु आफैँमा खुसीको कुरा भएको उनले बताएका छन् । यसले समग्र नेपाली चलचित्र उद्योगका लागि नै सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ले आज नेपालमा पनि राम्रो दर्शक पाएको छ । गत बिहीबारबाट रिलिज भएको चलचित्र आज हलमा प्राप्त शोजहरूमा दर्शकको अकुपेन्सी राम्रो देखिएको छ ।

यो चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । चलचित्रमा मुकेश खनालको लेखन छ । ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

Comments