हलमा लाग्यो ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्मले आशातीत शोजहरू भने पाएको छैन ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यो फिल्ममा गणेश उप्रेति, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको पनि अभिनय छ । फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।
यो फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मका छायाँकार बुद्ध थापा हुन् । देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई यो फिल्मको मुख्य कथावस्तु बनाइएको टिजर ट्रेलरले छनक दिन्छ ।






