Logo

‘परिवर्तन’ गीतमा सुशील र अञ्जनाको नृत्य

काठमाडौं । आगामी माघ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर बिहिबार गीतको भिडियो रिलिज गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली फिचर्ड छन् । दुवैको केमेस्ट्री मिलेको देखिन्छ। लोकलयमा आधारित यस गीतको भिडियोमा कलाकारहरूबीच लभस्टोरी बुनिएको छ।

निर्देशक विजय केरुङले फिल्मको गीतलाई दर्शकले मन पराउने बताए। उनले भने,‘फिल्मको कथा अनुसार कै गीतलाई रोजेका छौँ। गाउँघरको टिपिटकल शब्दलाईलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला।’

यस गीतको भिडियोमा उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन,एसडी योगी र रेश्मा पुनःको आवाजमा रहेको यस गीतमा संगीत योगी कै रहेको छ। गीतको शब्द रचना भने मौसम अर्यालले लेखेका हुन्।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।

Comments