‘हामी तीन भाई’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा

काठमाडौं । मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा तीनजना प्रमुख कलाकार विनोद न्यौपाने,फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मूडमा देखिन्छन् ।
निर्देशक भट्टराईकै कथा रहेको यस फिल्मको मुख्य भुमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाँइ शुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल,तारा शर्मा,पवन के केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन रहेका छन्।
प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको यस फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् भने छायांकन शिव ढकालको छ। फिल्मलाई सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन्।






