गरिमासँग अनस्कृन रोमान्स गर्दा ‘म्याक्स बाबु’लाई लाग्यो सरम् |भिडियो

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्ष सन् २०२६ को अवसरमा नयाँ गीत ल्याएका छन् । उनले गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक-श्रोतामाझ आएको हो ।
सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आएका म्याक्स बाबु सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा अभिनेत्री गरिमा शर्मासँग देखिएका छन् ।
कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आएका उनले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत-संगीत क्षेत्र र नेपाली समुदायमा विशेष स्थान बनाउने विश्वास व्यक्त गरे ।






