‘आ बाट आमा’को गीतलाई दर्शकको राम्रो साथ

काठमाडौं । फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’ले दर्शकबाट राम्रो साथ पाएको छ । बिहिबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २८ लाख माथिको भ्यूज युट्यूवमा पाएको छ ।
गीतलाई युट्यूवमा मात्रै १ लाख बढि लाइक्स मिलेको छ भने २५ सय बढि कमेन्ट व्यक्त छन् । यसले पनि दर्शकले यो गीतलाई प्रेम दिएको संकेत गर्छ । दर्शकले कलाकारहरूको अभिनयमा प्रशंसा व्यक्त गरेका छन् ।
गीतको भावले मन नहुँदा नहुँदै परदेशिन बाध्य पारेको कुरालाई भन्न खोजेको छ। सोही माथी अभिनेता पल शाह,विपना थापा र प्रदीप रावतको जिवन्त अभिनयले दर्शकलाई छोएको बुझ्न सकिन्छ।
निर्देशक चन्द्र पन्तले दर्शकको मनोभाव बुझेर नै फिल्म निर्माण गरेको बताए। उनका अनुसार अहिले देशमा भइरहेको कथालाई फिल्मको मुख्य मसला बनाएका छन्। सोही भाव यस गीतको भिडियोमा पनि देख्न सकिन्छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै लेखेका हुन्। यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,रबिन्द्र झा,गजित बिष्ट,बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
फिल्मा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ भने गायनमा शान्तीश्री परियार,रबि ओड,किरण परियार,यमन श्रेष्ठले गाएका छन्। भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको छ। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।
फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। यो फिल्मलाई नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ। फिल्म यहि माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ।






