‘ब्याटल अफ गलवान’: सलमानसँगै अनुपविक्रमको क्यारेक्टर लूक्स रिभिल |भिडियो

काठमाडौं । वलिउड फिल्म ‘ब्याटल अफ गलवान’मा समावेश नेपाली अभिनेता अनुपविक्रम शाहीको क्यारेक्टर लूक्स रिभिल गरेको छ । निर्माण ब्यानर सलमान खान फिल्मस् ले शनिबार सार्वजनिक गरेको गीत ‘मातृभूमी’मा वलिउड सुपरस्टार सलमानसँगै नेपाली अभिनेता अनुपविक्रम फिचर्ड छन् ।
फिल्ममा सलमानको तर्फबाट प्ले हुने गीतमा अनुपको भुमिका खुलाउँदै सलमानको अपोजिटमा उनि रहेको सार्वजनिक गरिएको छ । अनुप सार्वजनिक गीतमा चिनियाँ सेनाको ड्रेसमा देखिन्छन् । यो फिल्म भारत र चीनबीचको युद्धमा केन्द्रीत छ ।
आगामी अप्रिल १७ बाट दर्शकमाझ आउने यो फिल्म वलिउडमा २०२६ को सर्वाधिक प्रतिक्षित मानिएको छ । नेपाली अभिनेताले वलिउडकै ठुलो नामसँग सहकार्य गरेको कारण नेपाली दर्शकमाझ पनि यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ । अपूर्व लाखिया फिल्मका निर्देशक हुन् ।
गीतः






