Logo

‘पारस’मा जसिता गुरुङ अनुबन्धित

काठमाडौं । कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले शनिबार ‘पारस’का लागि अनुबन्ध गरेको हो।

दुवै पक्षबीच फिल्मका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईँले बताईन्। उनले भनिन्,‘फिल्मको कथा अनुसार नै कलाकार फाइनल गर्दै लगेका छौँ।’

यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो। जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा छ। तर निर्माण पक्षले आधारिक रुपमा सार्वजनिक गरेको छैन। यस फिल्मका अन्य कलाकारहरु को–को हुनेछन् भन्ने बारेमा निर्माण टिमले जानकारी दिएको छैन।

केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। यस फिल्मलाई छायांकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषाले ‘ऐँचो पैँचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशन रहने यो फिल्म तेस्रो हुनेछ। फिल्मको छायांकन आगामी फागुनबाट सुरू गर्ने निर्माण पक्षको तयारी छ।

Comments