Logo

देशैभर प्रदर्शनमा ‘आ बाट आमा’, दर्शकको साथ पाउने निर्माण टिमको अपेक्षा

काठमाडौं । शहीद दिवसको छेकोमा अभिनेता पल शाह स्टारर फिल्म ‘आ बाट आमा’ देशैभर प्रदर्शनमा आएको छ । माघ १६ अर्थात शुक्रबारबाट फिल्मले दर्शकमाझ आफुलाई उभ्याएको हो ।

यो फि्म देशभरका करिब १४० पर्दामा एकसाथ प्रदर्शनमा आएको छ । रिलिजपूर्वको प्रचार प्रसारमा दर्शकले साथ दिने संकेतहरू देखिँदा निर्माण टिम सफलता पाउनेमा विस्वस्त देखिन्छ ।

आमा-छोराबीचको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । ‘आ बाट आमा’मा पलसँगै विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, दीलिप उखेडा, हेमराज अधिकारी लगायतको अभिनय छ ।

Comments