नृत्य निर्देशन र अभिनयमा पवित्राको व्यस्तता

काठमाडौं । अभिनेत्री तथा नृत्य निर्देशक पवित्रा आचार्य पछिल्लो समय सानो पर्दाको काममा व्यस्त छिन् । फिल्म अभिनयबाट केहि पर देखिएकी आचार्य यो बीचमा म्युजिक भिडियो अभिनय र कोरियोग्राफीमा आफुलाई व्यस्त बनाउँदै लगिरहेकी छिन् ।
यो बीचमा उनका एकै साता दुई भिडियोमा सार्वजनिक भएका छन् । ‘मुरली तिरीरी’ बोलको नेपाली भजनमा राधाको अवतारमा देखिएकी पवित्राले नृत्य निर्देशन गरेको भोजपुरी भिडियो पनि हालै सार्वजनिक भएको छ ।
‘मुरली तिरिरी’ बोलको भजनमा उनको अपोजिटमा कृष्णको भुमिकामा कोश खड्का छन् । यो गीतमा पनि निर्देशन तथा कोरियोग्राफी पवित्राको नै छ, सुरज भण्डारीको गायकी समावेश छ ।
यस्तै ‘कमर धके झूल’ बोलको भोजपुरी गीतमा पवित्राले गज्जबको कोरियोग्राफी देख्न सकिन्छ । सधाम हुसैन र मेनुका माझी फिचर्ड उक्त गीतमा विराज जीको संगीत रहँदा गोलू डी र खुशी कक्करको स्वर समावेश छ ।






