‘कस्तुरी’ शुभसाइत, निखिलसँग जोडी बाँध्दै वर्षा

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को शुभ साइत गरिएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै छायांकन प्रारम्भ गरिएको हो ।
शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको सुटिङ थालिएको बताए । उनले भने,‘हामीले आजैबाट फिल्मको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन् ।’
उनले रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्ने बताए । यस फिल्मबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन् । फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा ऋत बोहोराले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन् । फिल्मका छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित विष्ट हुनेछन् ।






