‘एक मुठ्ठी बादल’का लागि गौरवको मेहनत: घटाएका थिए ९ केजी तौल

काठमाडौं । नेपाली फिल्मका उदाउँदो अभिनेता हुन गौरव विष्ट। रंगमञ्चमा दरिलो नाम बनाएका गौरवले फिल्म क्षेत्रमा राम्रै फड्को मारिरहेका छन्।
दुई वर्षअघि फिल्म ‘परस्त्री’मा अभिनेताका रुपमा डेब्यु गरेका गौरवको अर्को कोसेली ‘एक मुठ्ठी बादल’प्रदर्शनमा आउने तयारीमा छ। यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिदैछन्। जुन हालै सार्वजनिक भएको फिल्म ‘एक मुठ्ठी बादल’को क्यारेक्टर पोस्टरमा देख्न सकिन्छ।
सार्वजनिक दुई तस्बिरमा उनको वास्तविक जीवनको लुक र फिल्ममा देखिएको चरित्रबीच स्पष्ट भिन्नता देख्न सकिन्छ। रोचक कुरा के छ भने यस भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाएका थिए। उनी क्यारेक्टरमा डुब्नका लागि आफ्नो शरिरको तौल घटाउन निकै मिहेनत गर्छन् भन्ने उदाहरण ‘एक मुठ्ठी बादल’मा दर्शकले देख्न पाउने छन्।
९ केजी तौल घटाउँदै उनले आफुलाई फिल्मको पात्र अनुसार आफुलाई पूर्ण रूपमा पात्रमा रूपान्तरण गरेका छन्। अब उनको कामको प्रशंसा कतिको हुन्छ भन्ने कुरा जेठ १ गतेबाट प्रदर्शनमा आएपछि त थाहा लाग्नेछ ।







